नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

बबई सिंचाइ आयोजना, वैदी, बर्दिया

हाम्रो बारेमा

बर्दिया जिल्लाको करिव ३६,००० हे. क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ बबई सिंचाइ आयोजना अन्तरगत विभिन्न क्रियाकलापहरु संचालित छन् । यस क्षेत्रमा सिंचाइ प्रणालीको विकासका लागि नेपाल सरकारले अन्तराष्ट्रिय विकास संस्था (IDA) को संलग्नतामा वि.सं. २०२४ साल देखि अध्ययन थालनी गरेको थियो । संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएका यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदी भन्दा पूर्वमा करिव १९,००० हे.तथा पश्चिममा २१,००० हे. जमिनलाई सिंचाइ योग्य भनि निर्धारण गरिएको थियो। प्रथम चरणमा पूर्व तर्फको करिव १३,२४० हे.मा सिंचाइ प्रणालीको विकास गर्ने उद्देश्यले वि.सं. २०३५ सालमा सो क्षेत्रको सम्भाव्यता अध्ययन सम्पन्न गरियो । अन्तराष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा प्रथम चरणमा वि.सं. २०३८ साल देखि २०४० साल सम्म विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सम्पन्न भएको र सो डिजाइनमा बबई नदीमा साइफन निर्माण गरि पश्चिमतर्फ सिंचाइ प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो । विश्‍व वैंकको ऋण सहयोग प्राप्त नहुने भएपछि अन्ततः वर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य रहेको बबई सिंचाइ आयोजनाको निर्माण कार्य आ.व. ०४५।०४६ देखि नेपाल सरकारको आफ्नै श्रोतबाट प्र... Read more.

Main Canals


श्री रामकृष्ण घोरासैनी

सि.डि.ई. (सूचना तथा सम्पर्क अधिकारी) बबई सिंचाइ आयोजना ९८५८०२५६७१

श्री वसन्त राज सिग्देल

उपसचिव(लेखा) ९८५११२१९५७

दृष्टिकोण, लक्ष्य र उद्देश्य

दृष्टिकोण

  • बर्दिया जिल्लाको कृषियोग्य भूमीमा कृषि उत्पादकत्वमा योगदान पुग्ने गरी वर्षभरि दिगो एंव भरपर्दो सिंचाइ सुबिधा पुर्याउने दृष्टिकोण रहेको छ ।

लक्ष्य

  • बर्दिया जिल्लाको ५१ हजार हेक्टर सिंचाइ योग्य जमिनमा बाह्रै महिना सिंचाइ सुबिधा पुर्याउने ।

उद्देश्य

  • कृषि उत्पादकत्वमा वृद्धि गरी मध्यपश्‍चिमाञ्‍चल बिकास क्षेत्रको खाद्यान्‍न मागमा टेवा पुर्याउने ।
  • बर्दिया जिल्लाका कृषकहरुको रोजगारीमा वृद्धि गर्ने।
  • किसानहरुको आय आर्जनमा वृद्धि गर्ने ।
  • उर्जायुक्त जनशक्तीलाई स्वदेशमा खपत गर्ने ।
  • बर्दिया जिल्ला जस्तो सुख्खाग्रस्त भूमीमा भूमीगत जलभण्डारमा वृद्धि गर्ने ।
  • खेती योग्य जमिन कटानलाई बाढी र भूक्षयबाट रोक्ने ।

सूचनाहरु

  • वातावरणीय प्रभाव मूल्यांकन राय सुझाव सम्बन्धी सार्वजनिक सूचना

    2023-04-21
  • जग्गा प्राप्ति सूचना

    2023-04-18
  • आसयको पत्र (नेपाल समाचार पत्र मिति २०७९।०३।३० मा प्रकाशित)

    2022-07-14
  • सम्झौता गर्न आउने वारे ।

    2022-07-06